२५ हजार मुल्य बराबरको पटाका बरामद

179
Friendship Mobile

सर्लाही | प्रहरीले शुक्रवारराती करिव २५ हजार मुल्य बराबरको बिभिन्न किसिमको पटाका बरामद गरेको छ ।

राति करिव सवा ९ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेका एक पैदलयात्रीले टाउकोमा बोकेर ल्याएको २ ओटा बोरामा पटाका बरामद भएको हो ।

प्रहरीको मोबाईल गस्ति टोलीलाई देखेपछि पटाका ल्याउँदै गरेका पैदलयात्री भने फरार भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।