९ बर्षिया बालिकालाई बलात्कार गर्ने लालबन्दीका गोले पक्राउ

481
Friendship Mobile

सर्लाही | लालबन्दीबाट ९ बर्षिया बालिकालाई बलात्कार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिकाकी वालिकालाई यहि माघ १९ गत्ते ४ बजेतिर बलात्कार गर्ने वडा नम्बर ९ का सोम बहादुर गोलेलाई ईलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको हो ।

पक्राउ परेका गोलेलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान तथा कारवाहि भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

बलात्कारको शिकार भएकी बालिका उपचार पश्चात घरमै रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी बुडाथोकीको भनाई छ ।