पर्सा गाउँपालीकाबाट लागुऔषध सहित एक जना पक्राउ

220
Friendship Mobile

क्षितिज बिश्वकर्मा | सर्लाही

पर्सा गाउँपालीकाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

बुधवार गाउँपालिकाको वडा नम्बर २ नारायणपुर बोर्डरमा खटिएको प्रहरी टोलीले प्रदेश २–००४ प ४०९७ नम्बरको मोटरसाईकललाई रोकि चेकजाँच गर्दा संग्रामपुरका २२ बर्षिय फिरोज अन्सारिको साथबाट लागुऔषध बरामद गरिएको प्रहरीले बताएको छ ।

अन्सारिको साथबाट नाईट्रोभेट १० नामक ट्याब्लेट १२ ओटा, नाईट्रोजाम २ ओटा गरि १४ ओटा ट्याब्लेट लागुऔषध बरामद भएको छ ।

लागुऔषध सहित अन्सारिलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।