अब सर्लाही जिल्लाबाटै ई–पासपोर्ट पाईने

148
Friendship Mobile

सर्लाही | जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमवारबाट बिद्युतिय राहदानी (ई–पासपोर्ट) बितरण सुरु गरेको छ ।

तीन जना सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पासपोर्ट वितरण कार्यको शुभारम्भ गर्नुभयो । इ–पासपोर्ट बितरण कार्यको शुभारम्भ गर्दै प्रजिअ गौतमले आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीहरुलाई इ–पासपोर्ट वितरण उपलब्ध गराईने जानकारि दिनुभयो ।

करिव एक महिना अघिदेखि इ–पासपोर्टका लागि सेवाग्राहीहरुको फर्म भर्ने र आवश्यक कागजात संकलन गर्ने काम थालेको प्रशासन कार्यालयले राहदानी विभाग काठमाडौंबाट पहिलो पटक १५६ जना सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि वितरण सुरु गरेको जनाएको छ ।

विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुन्छ । एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बताइएको छ ।

इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीहरुले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिएर जान सक्ने प्रजिअ गौतमले बताउनुभयो ।