सर्लाही प्रहरीले १० किलो गाँजा सहित एकजनालाई पक्रियो

172
Friendship Mobile

सर्लाही | मंगलवार दिउँसो सर्लाही प्रहरीले १० किलो लागुऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कौडेना गाउँपालिका २ बस्ने बर्ष २४ का बिकास राउत रहेका छन ।

राउतलाई नेपालबाट भारततर्फ बिआर ३० डब्ल्यु ५४६४ नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकलको पछाडि सेतो बोरामा लुकिछिपि गाँजा लिएर जाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिष्णु गाउँपालिका २ स्थित नदिया पकडी जाने बाटोमा खटिएको प्रहरीटोलीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

पक्राउ परेका राउतलाई मोटरसाईकल, गाँजा सहित हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।