नेकपा(एस) निकट पत्रकारहरुको सर्लाही जिल्ला अध्यक्षमा क्षितिज बिश्वकर्मा

750
Friendship Mobile

सर्लाही | नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट पत्रकारहरुको सर्लाही जिल्ला कमिटि गठन भएको छ ।

बुधवार लालबन्दी नगरपालिका ७ स्थित उद्योग वाणिज्य संघ लालबन्दीको सभाहलमा बसेको जिल्ला भेलाले पत्रकार क्षितिज बिश्वकर्माको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपाल शाखा सर्लाहीको कार्यसमिती गठन गरेको हो ।

नवगठित १७ सदस्यिय कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा रिना आले, उपाध्यक्षमा अनिता साह, सचिबमा बिप्लब पोखरेल, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सह–सचिबद्वयमा कौसिला दर्नाल र रञ्जना राई सहित अन्य सदस्य चयन भएका छन ।

त्यस्तै भेलाले कश्यप बरालको संयोजकत्वमा राघब शर्मा, मुकुन्द ढुङ्गेल, ढुण्डी राज पोखरेल र प्रेम राज दाहाल रहेको सल्लाहकार समिती चयन गरेको छ ।

पार्टीका सर्लाही जिल्ला प्रचार बिभाग प्रमुख चुडामणि वाग्लेको बिशेष सक्रियता एवं केन्द्रिय सदस्य तथा प्रदेशसभा सांसद बेचि लुंगेलीको प्रमुख आतिथ्यतामा बसेको भेलामा जिल्ला कमिटि सचिव गोबिन्द अधिकारि, सह–सचिव नवराज मिश्र लगाएत नगर कमिटिका पदाधिकारि, क्याम्पस कमिटिका पदाधिकारि लगाएतको सहभागीता रहेको थियो ।