तिन दशकदेखि बन्द निजगढकै पहिलो सहकारी सञ्चालनमा आउने

257
Friendship Mobile

निजगढ । बारा जिल्लाको निजगढकै पहिलो साझा सहकारी संस्था अन्तत पुनः सञ्चालनमा आउने भएको छ । निजगढ सहकारी सस्था लिमिटेड (साझा सहकारी सस्था लिमिटेड ) प्रजातन्त्र आउनु साझा सहकारी सस्था लिमिटेड रहेकोमा पछि निजगढ सहकारी सस्था लिमिटेड बनाईएको सस्था स्थापना भएर बिगत तीन दशक देखि बन्द अबस्थामा रहेको छ ।

२्र८२ शेयर सदस्य रहेको यो सहकारी पञ्चायत कालदेखिनै निजगढको तीन गाबिसका किसानहरुलाई मलखाद, बिउ बिजन लगायतका कृषी सामाग्रीहरु सहुलियत दरमा बिक्री बितरण गर्दै आएको भएपनि अम्बिका चौलागाई अध्यक्ष भएपछि यति लामो समय पुर्णरुपमा निसृय रहेको हो । सो सहकारीका अध्यक्ष चौलागाई निस्कृय भएपछि उपाध्यक्ष ज्ञानेन्द्र चौलागाई र एकिकृत नेकपा माओबादीका नगर अध्यक्ष सन्तोष दङगाल ले नगरपालिकामा पटक पटक ज्ञापनपत्र दिदै सञ्चालनका लागि अगुवाई गर्न नगरपालिकालाई अनुरोध गरेपछि आज नगरपालिकामा भएको समिति सहितको सर्वदलिय छलफलले सहकारी सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्कीले बताउनु भयो । किसानहरुको समस्या समाधान गर्न पहिलो सहकारी साझा सस्थालाई नियम सगत अघि बढाउने र आवश्यक पर्ने आर्थिक भौतिक सबै सहयोग गर्न नगरपालिका तयार रहेको नगर प्रमुख शुरेश कुमार खनालले बताए । सर्वदलिय छलफलले आज २०७८।११।६ गतेको मितिले एक हप्ताभित्र साझा सहकारीको शेयर सदस्यता खोल्ने निर्णय गरेको छ । त्यसैगरी चैत्र मसान्त भित्र साधारण सभा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । सो अघि लेखा परिक्षण लगायतको आवश्यक कानुनी प्रकृया पुरा गरी चैत्र मसान्तभित्र साधारण सभा गरेर नगरपालिकालाई प्रतिबेदन बुझाउने निर्णय भएको उपाध्यक्ष ज्ञानेन्द्र चौलागाईले बताए । उनले पटक पटक आफुले सहकारी सञ्चालन गर्न पहल गरेपनि अध्यक्ष निस्कृय हुदा नसकेको बताए । उनले नगरपालिकामा आफुले दुई पटक ज्ञापन पत्र दिएको बताए ।

    पञ्चायतकालदेखि सञ्चालनमा आएको सस्था यसरी निसृय हुन दुर्भाग्य भएको भएपनि पुन नगरले पहल गरी सञ्चालनमा आउन लागेकाले खुशी लागेको राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीले बताए । आ–आफनो सहकारी चलेर राम्रो बनाउन सक्ने पदाधिकारी हुदा पनि तीन दशक एउटा संस्था निस्कृय हुनु उहाहरुको नियतमा खोट देखिन्छ, त्यसमा पनि सहकारीको नियम विपरित एक ब्यक्ती दुई सहकारीको अध्यक्ष हुदा सहकारीको नियम समेत पालना नभएको उप्रेतीले बताए ।