वागमतीमा नेकपा (एस)को अध्यक्षमा गोले चयन

173
Friendship Mobile

सर्लाही | वागमती नगरपालिकामा नेकपा एकीकृत समाजवादीको अध्यक्षमा जय गोले चयन हुनु भएको छ ।

शनिवार कर्मैयामा भएको नगर भेलाले गोलेको अध्यक्षतामा ६१ सदस्यीय नगर कमिटी चयन गरेको जिल्ला प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।

कमिटीका उपाध्याक्षमा कमला पोखरेल एवं रामप्रसाद महतो, सचिव राजकुमार विश्वकर्मा र सहसचिव राजकुमार खड्का एवं रमेश खपांगी रहनु भएको छ ।

पार्टीका पोलिटव्युरो सदस्य लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टी नेताहरु अन्जु पौडेल, वसन्तराज भट्टराई, पुष्प राजभण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो ।

एकीकृत समाजवादीले सर्लाहीका विभिन्न पालिकामा आफ्ना कमिटीहरु विस्तार गर्ने क्रममा आज (शनिवार) वागमतीमा भेला गरिएको जनाएको छ ।