सर्लाहीमा करिव साँडे १६ लाख बराबरको अवैध समान बरामद

174
Friendship Mobile

क्षितिज बिश्वकर्मा | सर्लाहीमा शसस्त्र प्रहरीको स्क्वाड टोलिले करिव साँडे १६ लाख बराबरको अवैध समान बरामद गरेको छ ।

शनिवार जिल्ला सदरमुकाम मलंगवाट उत्तर नवलपुरतर्फ आउँदै गरेको बा३ख ७३३६ नम्बरको मिनि ट्रकमा पिउने पानीको कार्टुन तथा जारमुनि अवैध रुपमा लुकाएर ल्याउँदै गरेको अवस्थामा चिनि, रातो र निलो रंगको रेडबुल, ललिपप चकलेट फेला परेको शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाँले जानकारि दिनुभयो ।

उहाँका अनुसार कबिलासि ८ गौरमा बिशेष सुचनाको आधारमा ट्रक चेकजाँच गर्दा १७ बोरा चिनि, रेडबुल १२ कार्टुन, ललिपप ५ बोरा गरि अन्दाजी १६ लाख २१ हजार ७८० मुल्य बराबरको अवैध समान बरामद भएको हो । ट्रक चेकजाँच गर्ने क्रममा चालक फरार भएका र उनको खोजी भईरहेको बताईएको छ ।

बरामद समान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।