निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकासका लागी प्रशिक्षण सुरु

406
Friendship Mobile

सर्लाही | स्थानिय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकासका लागी शनिवारबाट हरिवनमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

आइफीएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग, अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा माण्डवीको आयोजनामा हरिवन स्थित सम्राट होटलको सभाहलमा प्रशिक्षण सूरु भएको हो । प्रशिक्षणमा बागमती नगरपालिकाका १८ जना निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।

माण्डवी सर्लाही शाखाका कार्यक्रम अधिकृत मनिल क्षेष्ठको अध्यक्षतामा सुरु कार्यक्रममा महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमताको विकास गर्दै अझ बढि आत्मविश्वासी महशुस गराउन र आफ्नो भुमिकालाई प्रभावकारी ढंगबाट निवार्ह गर्न टेवा पुर्याउने उद्देश्य रहेको बताईको छ ।

चैत्र १ गत्तेसम्म चल्ने प्रशिक्षणको सहजिकरण माण्डवीकी प्रशिक्षकद्वय बनिता कार्की र समिर कुमार यादवले गर्नेछन् ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहले आफुहरु जिम्मेवारीको नेतृत्वमा रहँदा र आउँदो स्थानिय निर्वाचनमा महिलाको समान पहुच स्थापित गर्न तालिम अर्थपुर्ण हुने भन्दै खुशी प्रकट गरेका छन् ।

यसअघि पनि संस्थाले हरिवन नगरपालिकाका महिला जनप्रतिनिधिहरुका लागी पनि यो तालीम प्रदान गरिसकेको छ ।