सलाद खानुको अनेकन् फाइदा, कसरी बनाउने ?

364
Friendship Mobile

एजेन्सी | सलादको सेवनले शरीरलाई धेरै फाइदा हुन्छ । यो भिटामिन, खनिज र फाइबर जस्ता आवश्यक पोषक तत्वहरूले भरिएको हुन्छ । यसलाई खाएमा तपाई स्वस्थ रहनुहुन्छ । आज हामी हरियो सलादको बारेमा कुरा गर्दैछौं । यसलाई बनाउनको लागि हरियो पातहरू पालक, बन्दागोभी, काँक्रो जस्ता तरकारीहरू प्रयोग गरिन्छ । यसमा क्याप्सिकम, गाजर, टमाटर र प्याज पनि मिसाइन्छ । तपाईं सजावटको लागि धनिया पातहरू पनि थप्न सक्नुहुन्छ । कसरी बनाउने हरियो सलाद ? आज हामीले यहाँ चर्चा गरेका छौँ । 

हरियो सलाद खानुका फाइदाहरू
पेटको लागी राम्रो : हरियो सलादमा काँक्रो पनि पर्दछ। यसमा भिटामिन ए, बी१, बी६, सी, आइरन र पोटासियम पाइन्छ । साथै, ९० प्रतिशत पानी पाइन्छ । यसलाई हरियो सलादको भाग बनाउनुहोस् । यसले पेटको समस्याबाट राहत दिन्छ र शरीरमा पानीको कमी हुन दिँदैन ।

थकान हटाउन : बन्दागोभी, पालकजस्ता पातदार तरकारीबाट बनेको सलादको सेवनले थकान हटाउँछ । यसमा भिटामिन बी १२ को गुण प्रशस्त हुन्छ, जसले थकान हटाउनुको साथसाथै तपाईको मुडलाई पनि राम्रो बनाउँछ ।

कब्जियतबाट छुटकारा : हरियो सलादमा पाइने फाइबरले कब्जियत हटाउन मद्दत गर्छ । यसले पेट राम्रोसँग सफा गर्छ र ग्यासको समस्या पनि झेल्नु पर्दैन ।

आँखाका लागि फाइदाजनक : गाजरलाई सलादको भाग बनाउनुहोस् । यसमा बिटा क्यारोटिन नामक भिटामिन हुन्छ । यसले दृष्टि सुधार गर्छ । यसमा एन्टिअक्सिडेन्ट गुण पनि प्रशस्त हुन्छ जसले मधुमेह, क्यान्सर जस्ता गम्भीर रोगबाट बचाउँछ ।

हरियो सलाद कसरी बनाउने ?
आवश्यक सामग्री :

१. बन्दगोबी, पालक (मसिनो काटिएको)
 २. शिमला मिर्च (लामो काटिएको)
३.  गाजर (मसिनो काटिएको)
४. काँक्रो (मसिनो काटिएको)
५. ब्रोकाउली 
६. टमाटर र प्याज (साना टुक्रामा काटिएको)
७. हरियो धनिया (मसिनो काटिएको)
८.  नुन (आफ्नो स्वाद अनुसार)
९. कालो मिर्च र दही

हरियो सलाद बनाउने तरिका 
हरियो सागसब्जी र अन्य तरकारीहरू सफा पानीले राम्ररी धुनुहोस् । माथि वर्णन गरे अनुसार तिनीहरूलाई काट्नुहोस् । कालो मिर्च, नुन, मह, दही र भिनेगरलाई मिक्सरमा पिस्नुहोस् । यसो गरेपछि काटेको गाजर, ब्रोकाउली, सिमी, बन्दागोभी, पालक, टमाटर, प्याज, काँक्रो र क्याप्सिकमलाई फ्रिजमा राख्नुहोस् । अब कालो मिर्च, नुन, मह, दहीको पेस्टमा सबै तरकारीहरू मिलाउनुहोस् । अब मसिनो पारेर काटेको धनियाँ राखेर मिक्स गर्नुहोस् | वेबटिभिखबरको सहयोगमा …