मेयर पदका उम्मेदवार सुरेश खनालले सुरुवाती अग्रता


बाराकाे निजगढ नगरपालिकामा गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश खनालले सुरुवाती अग्रता लिएका छन् ।४०० मत गन्दासम्म मेयर सुरेश कुमार खनाल २२४, एमालेका सुरथ पुरीले १६८ मत सहित पछ्याइ रहेका छन् ।
त्यस्तै उपमेयर तर्फ गठबन्धन( माओवादी केन्द्र ) तर्फका रविराज दङ्गालले २२२ र एमाले तर्फका सोममाया थिङ्गले १६९ मत हात पारेका छन ।
वडा नं १३ अध्यक्षमा कांग्रेसका सुर्य घलानकाे २२३ मत र एमालेकाे कमान सिंहले १६७ मतसहित पछ्याउँदै छन् ।