हेटौंडामा एकीकृत समाजवादी एमालेभन्दा १९ मतले अघि


हेटौंडा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीको अग्रता कायमै छ । गठबन्धनबाट एकीकृत समाजवादीकी मीना लामा एमालेका अनन्त पौडेलभन्दा १९ मतले अगाडी छिन् ।
लामाले ६१९ मत प्राप्त गरेकी छन् । एमालेका उम्मेद्वार पौडेलले ६०० मत ल्याएका छन् ।
राप्रपाका दीपक सिंहले ५७० मत ल्याएका छन् ।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाले ९०३ मत पाएका छन् । एमालेकी सुमित्रा काफ्लेले ७२४ मत ल्याकी छन् भने राप्रपाकी इन्दिरा न्यौपानेले १५४ मत पाएकी छन् ।