निजगढ ११ मा गठबन्धनका सैहइया गुरो थारु बिजयी

409
Friendship Mobile

निजगढ नगरपालिका–११ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सैहइया गुरो थारु विजयी भएका छन् । उनी ६ सय ९० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बाबुराम स्याङ्गतानले ६ सय ८२ मत प्राप्त गरेका छन् । स्याङ्गतानलाई ८ मतको झिनोफरकले पराजित गर्दै थारु वडा अध्यक्षमा निर्वाचित भएका हुन ।

वडा अध्यक्षसहित एक सदस्य गठबन्धनकाका बिजयी भएका छन भने नेकपा एमालेबाट ३ जना वडा सदस्य विजयी भएका छन् ।