निजगढ अपडेटः ९ मा ८ सय मतगणनाहुँदा एमालेलाई उछिन्दै, गठबन्धनको अग्रता

203
Friendship Mobile

निजगढ वडा नंं ९ को ८ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।

वडा नं ९ को मतगणना गर्ने क्रममा ८ सय मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका रामचन्द्र कटुवालले ४ सय ७१ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गणेश राजभण्डारीले २ सय ८५ मत ल्याई पछ्याईनै रहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ९ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले ४ सय १७ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले ३ सय २० मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले ४ सय १७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सोममाया थिङ्गले २ सय ६० मत प्राप्त गरेकी छन् ।