निजगढ अपडेटः १० मा ७ सय मतगणनाहुँदा एमालेलाई उछिन्दै, गठबन्धनको अग्रता

371
Friendship Mobile

निजगढ वडा नंं १० को ७ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं १० को ७ सय मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका पदम बहादुर मोक्तनले २ सय ४० मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठले ३ सय ३६ मत ल्याई पछ्याईरहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर १० मा नगरप्रमुखमा गठबन्धनको अग्रता कायम छ ।

नगर प्रमुखका उम्मेदवार सुरेश खनालले ३ सय ३९ मत प्राप्त गरेका छन् नेकपा एमालेका सुरथ पुरीले ३ सय १६ मत प्राप्त गरेका छन् ।

यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले ३ सय ३९ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले २ सय ९५ मत प्राप्त गरेकी छन् ।