निजगढ अपडेटः ८ मा ७ सय १ मतगणनाहुँदा एमालेलाई उछिन्दै, गठबन्धनको अग्रता

151
Friendship Mobile

निजगढ नगरपालिका वडा नम्बर ८ को मतगणना सुरु भएको छ । वडा नं ८ को मतगणना गर्ने क्रममा ७ सय १ मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका स्वर्ण लामाले ३ सय ९६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार भोला प्रसाद गौतमले २ सय २५ मत ल्याई पछ्याई रहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ८ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका गठबन्धकका उम्मेदवार सुरेश खनालले २ सय ८३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सुरथ पुरीले २ सय ७२ मत प्राप्त गरेका छन् ।

यस्तै, नगर उपप्रमुखका गठबन्धकका उम्मेदवार रविराज दंगालले ३ सय ४१ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले २ सय ५ मत प्राप्त गरेकी छन् ।

यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर ८ मा नेपाली काँग्रेसका टेक बहादुर लामाले ६ सय ५५ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नकपा एमालेका दिनेश खतिवडाले ५ सय ९ मत प्राप्त गरेका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का बसन्त लामा तामाङ्गले २ सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरनाथ गौतमले १२ मत र राष्ट्रिय जनता पार्टी नेपालका अरमान मियांले ६ मत प्राप्त गरेका थिए ।