निजगढ ९ मा गठबन्धनका रामचन्द्र कटुवाल बिजयी

189
Friendship Mobile

निजगढ वडा नंं ९ मा एमालेलाई उछिन्दै गठबन्धनका रामचन्द्र कटुवाल बिजयी भएका छन । नेकपा एमालेका उम्मेदवार गणेश राजभण्डारीलाई पराजित गर्दै कटुवाल विजयी भएका हुन ।

वडा अध्यक्षमा गठबन्धनका उम्मेदवार कटुवालले १ सय ५५ मतान्तरले विजयी भए । उनले १ हजार ४२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारराजभण्डारीले ८ सय ८७ मत प्राप्त गरे ।

गठबन्धनबाट रामचन्द्र कटुवालले अध्यक्ष जित्दा उनको प्यानल भने आउन सकेन ।

एमालेले अध्यक्ष हार्दैगर्दा एमालेका ४ जना सदस्य निर्वाचित भएका छन् । सदस्यमा चित्रप्रसाद चौलागाई, महिला सदस्य चण्डिका उप्रेती, बविता श्रेष्ठ, ईन्द्रकुमारी सुनार निर्वाचित भएका हुन् ।