जिल्ला प्रशासन कार्यालय बारा को अगाडी राप्रपाको धर्ना

311
Friendship Mobile

बारा । आज राष्ट्रिय प्रजातन्त्र पार्टीले महंगी, भ्रष्ट्राचार, रासायनिक मल अभाव, बेरोजगार लगायतका बिषयमा सरकारको ध्यान आकर्षण गराउन आज बाराको कलैयामा मा जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिएको छ । धर्ना दिने क्रममा जिल्ला पार्टी कार्यालयबाट नारा जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर धर्ना दिइएको थियो। उक्त कार्यक्रम जिल्ला अध्यक्ष गिरिधारी चौधरी को नेतृत्वमा भएको थियो ।

राप्रपाले गत असार १ गते प्रधानमन्त्रीलाई राजनीतिक मागका अतिरिक्त जनजीविकासंग सम्बन्धित विविध २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गरेको थियो । उक्त ज्ञापन पत्र लाई लागु गर्न दबाब स्वरूप देशै भरि का जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने पूर्व निर्धारित कार्यक्रम अनुसार गरिएको र अन्य कार्यक्रम पनि रहेको राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीले जानकारी गराउनु भयो ।