बेलायतकी गृहमन्त्री सुएला ब्रेवरम्यानको राजीनामा

177
Friendship Mobile

लन्डन — बेलायतकी गृहमन्त्री सुएला ब्रेवरम्यानले राजीनामा दिएकी छिन् । प्रधानमन्त्री लिज ट्रसले भारतीय मूलकी सुएला ब्रेवरम्यानलाई गत महिनामात्रै गृहमन्त्री बनाएकी थिइन् ।

बीबीसीका अनुसार प्रधानमन्त्री ट्रस र ब्रेवरम्यानको संसद्‌मा भेट भएको थियो । उनलाई ६ साताअघि मात्रै बेलायतको गृहमन्त्री बनाइएको थियो । ४० दिनअघि मात्रै बेलायतको प्रधानमन्त्री बनेकी ट्रसको कार्यकालको बारेमा पनि विभिन्न अड्कल गर्न थालिएको छ । उनको राजीनामा पनि मागिएको छ ।

सोमबारमात्रै अर्थमन्त्री क्वाजी कार्टेंनले पदबाट राजीनामा दिएका थिए । उनको स्थानमा जेरेमी हन्टलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री हुने प्रतिस्पर्धाको समयमा ट्रसले अर्थव्यवस्थालाई सही बाटोमा ल्याउन जे गर्छु भनेकी थिइन् त्यसबाट पछि हटेकी छिन् । उनको सरकारले कर कटौतीको घोषणा फिर्ता लिएको छ ।

देशभर ट्रसको आलोचना हुँदै गर्दा उनको दल कन्जरभेटिभभित्र पनि विरोध सुरु भएको जनाएको छ ।