राजेन्द्र लिङ्देनको शपथ : भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह…

132
Friendship Mobile

शुक्रबार ८ पुस, २०७९


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

भ्रष्टाचारबारेमा कडा अभिव्यक्ति दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदको शपथ लिने क्रममा फरक व्यहोरा प्रयोग गरेका छन्। 

संसद् भवन नयाँ बानेश्वरमा बिहीवार सांसद पदको शपथ लिँदा उनले भ्रष्टाचारबारे पनि छुट्टै व्यहोरा समावेश गरे।

संविधानको व्यवस्था अनुसारको शपथ र आफूले पनि अलग्नै अर्को व्यहोरा थपेर लिङ्देनले शपथ लिएका हुन्। 

उनले थप शपथ लिएको व्यहोरा भ्रष्टाचारविरुद्ध रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्। ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरहमानेर काम गर्नेछु’ उनले आफूले थपेको शपथको व्यहोरामा भनिएको छ।

राप्रपाबाट यस पटक उनीसहित १४ सांसदले शपथ लिएका छन्।

‘अघिल्लो कार्यकालझैँ आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथसहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहणमा सहभागी भइयो’, उनले  भनेका छन्, ‘फरक अघिल्लो कार्यकालमा म एक्लै थिएँ, अहिले चौध जना। भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु।’