राजसंस्था पुनःस्थापनामा ढिला नगरौं – लिङ्देन

61
Friendship Mobile

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा पनि नवीन समझदारी गरी राजसंस्था पुनर्स्थापना गर्न आग्रह गरेका छन्।

कतारी राजाको नेपाल भ्रमणको सन्दर्भमा लिङ्देनले नेपालको हिजोको अन्तराष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनर्स्थापना गर्न अपिल गरेका हुन्।

‘कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुभएको थियो भने राजालाई २१ तोपको सलामी दिईएको थियो । नेपाल सरकारले हिजो सार्वजनिक बिदा पनि दिएको छ। अमिर शेख तमीम विन अहमद अल थानीलाई नेपालमा स्वागत गर्दै उनले सामाजिक संजालमा लेखेका छन्,‘यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो। त्यसैले हीनताबोध नगरौँ ! नवीन समझदारी गरौं !! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गरौँ !!!’