राप्रपा सांसदको माग : गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गरियोस्

62
Friendship Mobile

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नारायणहिटी संग्रहालयभित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

‘नारायणहिटी दरबारभित्र रहेको गणतन्त्र स्तम्भ पाँच वर्ष भइसक्यो बनेको । वर्षौंदेखि ताला लगाइ राखिएको छ । त्यो पार्कमा जनतालाई घुम्न, अध्ययन गर्न, विद्यार्थी भाइबहिनीहरूका लागि त्यहाँ घुम्नका लागि वरिपरि विद्यालयहरू भएको हुनाले त्यसको सुचारु जनताका लागि गर्न म सरकारसँग माग गर्न चाहन्छु।’ उनले भने ।

व्यवस्थापनको जिम्मा संघीय सरकारले गर्न नसके काठमाडौं महानगरपालिकालई जिम्मेवारी दिन उनको सुझाव छ ।

‘यदि यो काम नेपाल सरकारले गर्न सक्दैन भने काठमाडौं महानगरपालिकालाई जिम्मा दिइयोस् भन्ने म अनुरोध गर्दछु’ सांसद सिंहले भने ।