भारतमा हतियार निर्यातमा वृद्धि

38
Friendship Mobile

facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

कुनै समय विश्वको दोस्रो ठूलो हतियार आयातकर्ता मुलुकका रुपमा रहेको भारत पछिल्लो समय भने हतियार निर्यातमा पनि अगाडि देखिएको छ ।

भारतीय आर्थिक सर्वेक्षणका अनुसार भारत विश्वका २५ ठूलो हतियार निर्यातकर्ता मुलुकको सूचीमा समेटिएको छ ।सन् २०१५ देखि सन् २०१९ सम्म भारत संसारकै दोस्रो ठूलो हतियार आयातकर्ता मुलुकका रुपमा रहेको थियो । द हिन्दूका अनुसार पछिल्लो समय भने हतियार उत्पादनको क्षेत्रमा भारतले ठूलो फड्को मारेको छ ।

आर्थिक वर्ष सन् २०१६–१७ मा भारतमा ७४ हजार ५४ करोड भारतीय रुपैयाँ बराबरको रक्षा उपकरण उत्पादन भएकोमा सन् २०२२–२३ मा यो बढेर १ लाख ८ हजार ६ सय ८२ करोड भारु पुगेको छ ।पछिल्लो समय रक्षा उपकरणको निर्यात स्वीकृतिमा पनि वृद्धि भएको हिन्दूले उल्लेख गरेको छ । अघिल्लो वर्ष १ हजार ४ सय १४ रक्षा उपकरण निर्यात स्वीकृत भएकोमा यस वर्ष भने बढेर १ हजार ५ सय ७ निर्यात स्वीकृत गरिएको हिन्दूले उल्लेख गरेको छ ।

रक्षा उपकरण निर्यात गर्ने भारतीय कम्पनीको सङ्ख्या १ सयभन्दा धेरै रहेको जनाइएको छ । भारतले खासगरी डोर्नियर विमान, तोपखाना प्रणाली, ब्रम्होस क्षेप्यास्त्र, पिनाका रकेट प्रणाली, रडार, बख्तरबन्द गाडीजस्ता रक्षा उपरकण निर्यात गर्दै आएको छ ।