नुवाकोटको सूर्यचौर गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
सूर्यचौरमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने सबै यात्रु र क्याप्टेनको शव प्रहरीले संकलन गरेको छ। उक्त शवलाई काठमाडौँतर्फ लैजान संकलन गरिएको हो।
घटनास्थलमा हेलिकप्टरमा पूर्णतया जलेको अवस्थामा छ। उद्धारका लागि सुरक्षाकर्मी र स्थानीय जुटेका छन्।
बुधबार दिउँसो दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेन र चार चिनियाँ यात्रुको मृत्यु भएको थियो।
प्रहरीका अनुसार दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको छ।
ज्यान गुमाउने चार जना चिनियाँ नागरिक हुन् भने हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। काठमाडौंबाट १ बजेर १४ मिनेटरमा उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको थियो। हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो। हेलिकप्टरमा चिनियाँ नागरिकहरु जुदाड टाङ, जी ली र जेमिङ सी सवार थिए। त्यस्तै एक महिला चिनियाँ यात्री यियाद वु पनि हेलिकप्टरमा सवार थिइन्।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटनामा परेको हो।
नुवाकोटमा प्रजिअ रामकृष्ण अधिकारीका अनुसार घटनास्थलको उद्धारमा प्रहरी र स्थानीय खटिएका छन्। उक्त हेलिकप्टर केही विदेशी लिएर फेरि स्याफ्रुबेसीबाट काठमाडौँ आउने गरी त्यसतर्फ उडेको थियो।
स्थानीयले डाँडामा धुँवा देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ।