भारतमा बस दुर्घटनाः घाइते ४३ जना बाराका एउटै गाउँका

189
Friendship Mobile

 बारा/ निजगढ

   भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा घाइते भएका नेपाली एउटै गाउँका रहेको खुलेको छ । आईतबार बिहान ४३ जना नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।

उनीहरू सबै बाराको बारगढी गाउँपालिका वडा नम्बर ३ मुर्तिपलिया टोलका रहेको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। शनिबार बस रिजर्भ गरेर उनीहरु सबै जना बाबाधाम गएकोमा बिहान चार बजेको समयमा बिहारको समस्तीपुरको मुश्रीघरारी थाना क्षेत्रमा राष्ट्रिय राजमार्ग २८ मा पछाडिबाट ट्रकले ठक्कर दिँदा बस दुर्घटना भएको उनले बताए।सडकमा पल्टिएर भएको दुर्घटनामा परी घाइते भएकाहरुमध्ये दस जनाको अवस्था गम्भीर रहेको सापकोटाले बताए। घाइतेहरुको बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको तथा घटनाको सम्बन्धमा थप बुझने प्रयास भईरहेको उनले बताए ।