२०८३ आश्विन २१ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन २१ बुधबार

भारतमा बस दुर्घटनाः घाइते ४३ जना बाराका एउटै गाउँका

 बारा/ निजगढ

   भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा घाइते भएका नेपाली एउटै गाउँका रहेको खुलेको छ । आईतबार बिहान ४३ जना नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।

उनीहरू सबै बाराको बारगढी गाउँपालिका वडा नम्बर ३ मुर्तिपलिया टोलका रहेको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। शनिबार बस रिजर्भ गरेर उनीहरु सबै जना बाबाधाम गएकोमा बिहान चार बजेको समयमा बिहारको समस्तीपुरको मुश्रीघरारी थाना क्षेत्रमा राष्ट्रिय राजमार्ग २८ मा पछाडिबाट ट्रकले ठक्कर दिँदा बस दुर्घटना भएको उनले बताए।सडकमा पल्टिएर भएको दुर्घटनामा परी घाइते भएकाहरुमध्ये दस जनाको अवस्था गम्भीर रहेको सापकोटाले बताए। घाइतेहरुको बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको तथा घटनाको सम्बन्धमा थप बुझने प्रयास भईरहेको उनले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।