२०८३ असार ७ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार ७ आईतवार

बौद्ध भिक्षुहरू अमेरिकाको राजधानी वाशिङ्गटन पुगे

माघ २८, २०८२ । बौद्ध भिक्षुको टोली १०८ दिनको शान्ति यात्रा सकेर अमेरिकाको राजधानी वाशिङ्गटन पुगेको छ । ’वाक फर पिस’ अर्थात् ’शान्तिका लागि पदयात्रा’ कार्यक्रम गएको वर्ष अक्टोबर २६ मा टेक्सासको फोर्ट वर्थबाट शुरू भएको थियो ।

भिक्षु पन्नाकरको नेतृत्वमा रहेको १९ जनाको टोलीले ३ हजार ७०० किलोमिटरको यात्रा पूरा गरेको छ । थेरवाद बौद्ध गुम्बाका विश्वभरका १९ जना भिक्षु रहेको टोलीमा आलोका नामको कुकुर पनि थियो ।

यो कुकुरले सन् २०२२ मा भारतमा पदयात्रामा छँदा टोलीलाई पछ्याएको थियो । सन् २०२५ को अन्त्यमा टोलीले टेक्सासबाट यात्रा शुरू गर्ने निर्णय गरेपछि आलोकालाई भारतबाट अमेरिका लगिएको हो ।

यात्राका क्रममा भिक्षुहरूले अमेरिकाका ८ राज्य पार गर्दै शान्ति, ध्यान र करुणाको सन्देश फैलाए । हजारौँ मानिसले उनीहरूलाई स्वागत गरे र सामाजिक सञ्जालमा लाखौँ मानिसले उनीहरूलाई फलो गरेका छन् ।

यात्राका क्रममा भएको एक दुर्घटनाका कारण एक जना भिक्षुको खुट्टा काट्नुपर्ने अवस्था आए पनि टोलीले आफ्नो लक्ष्य पूरा गर्‍याे । बौद्ध धर्ममा १०८ एक पवित्र सङ्ख्या मानिन्छ । यसैलाई ध्यानमा राखेर यो यात्रा १०८ दिनमा पूरा गर्ने योजना बनाइएको भिक्षुहरूले बताएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।