२०८३ असार २८ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २८ आईतवार

लालबन्दीमा कृषक र कृषि सम्बद्ध निकायबिच प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लालबन्दी, २८ माघ । लालबन्दीमा कृषक तथा सरोकारवाला निकायबिच प्रशिक्षण तथा अन्तर्रकृया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ लालबन्दी सर्लाहीले उष्ण प्रदेशिय बागवानि केन्द्र नवलपुरसँगको समन्वयमा कृषक र सरोकारवाला निकायबिच अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो ।

लालबन्दी नगरप्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यमा नगरभित्रका १४० जना कृषकहरु सहभागी गराएर कार्यक्रम गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । कार्यक्रममा जिल्लाका कृषिसँग सम्बद्ध कार्यालय तथा संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागीता रहेको संघका अध्यक्ष महेश कुमार महतोले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी कृषकहरुलाई कृषि सम्बद्ध कार्यालय र संघसंस्थाहरुले आफ्नो कार्यालयले गर्ने काम, गरेका कामहरु, कृषकहरुले कसरी लाभ लिने भन्ने जानकारीहरु प्रस्तुत गरेका थिए । कृषकहरुलाई कृषि ज्ञान केन्द्र मलंगवा, कृषि यान्त्रीक परिक्षण केन्द्र नवलपुरसहित अन्य संघ संस्थाले बिभिन्न खाले कृषकहितका जानकारीहरु गराएका थिए । कम्पोस्ट मल बनाउने तरिका, फाईदा र आवश्यकताका बारेमा दिपक भर्मिङ कम्पोस्ट मल लालबन्दीबाट सुरज थापाले कृषकहरुलाई जानकारी दिएका थिए ।

.कार्यक्रममा सहभागी कृषकहरुले आफुहरुलाई यस्ता बिषयमा धेरै ज्ञान नभएको र उद्योग वाणिज्य संघले यस्तो कार्यक्रम आयोजना गरेर कृषक र कृषि सम्बद्ध संघसंस्थालाई जोडिदिएकोमा खुसि ब्यक्त गरेका थिए । उनिहरुले स्थानिय सरकारले गर्नुपर्ने काम उद्योग वाणिज्य संघले आयोजना गरेकोमा धन्यवाद समेत दिए ।

कार्यक्रममा नगर उपप्रमुख कल्पनामाया पाख्रिनसहित अन्य कर्मचारीहरु सहभागी थिए । कार्यक्रम उद्योग वाणिज्य संघ लालबन्दीकै हलमा सम्पन्न भएको हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।