२०८३ असार २६ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २६ शुक्रबार

कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दियो

भारतीय टेलिभिजनकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ ।

सुशास्त सिंह राजपूत प्रकरणमा लागुऔषधको विषय जोडिएपछि फिल्म र टिभी जगतका कैयौँ कलाकारसँग नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । यस क्रममा एनसीबीले विभिन्न कलाकारको घरमा छापा पनि मारेको छ ।

लागुऔषध प्रकरणमा एनसीबीले अभिनेता अर्जुन रामपालसहित अभिनेत्रीहरु दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर र रिया चक्रवर्तीसँग सोधपुछ गरिसकेको छ । एनसीबीले भारती सिंहलाई शनिबार र उनका पति हर्षलाई आइतबार घरबाटै पक्राउ गरेको थियो । एनसीबीका अनुसार उनीहरुको घर र प्रोडक्शन आउसमा छापा मार्दा ८६ दशमलव ५ ग्राम गाँजा भेटिएको थियो ।

भारती सिंह र उनका पतिले गाँजा सेवन गरेको कुरा पनि स्वीकारेको एनसीबीका अधिकारीहरुले दाबी गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।