२०८३ भाद्र १७ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र १७ बुधबार

५० करोड लागतमा जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन तयार

जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण पूरा भएको छ । दुई पटक ठेक्का लागेपछि झण्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो ।

नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको विमानस्थल प्रमुख किरण गौतमले बताए । उनका अनुसार विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको छ ।

रु ५० करोडको लागतमा यो नयाँ टर्मिनल भवन निर्माण गरिएको हो ।

यो टर्मिनल भवन बनाउन दुई वटा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गर्नुपरेको छ । पहिला पप्पु कन्ट्रक्सनले ठेक्का लिएपनि काम पूरा गर्न नसकेपछि उसँगको सम्झौता रद्द गरी थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सनसँग नयाँ सम्झौता गरिएको थियो ।

नयाँ सम्झौता गरेपछि थेदिंग जालवा कम्पनीले निर्माण पूरा गरेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए ।

विक्रम सम्वत् २०२४ सालदेखि सन्चालनमा आएको जनकपुर विमानस्थल त्यही बेलाको टर्मिनल भवनबाट सन्चालन हुँदै आएको थियो । जसका कारण जहाज चढ्ने यात्रुलाई बस्न समेत समस्या थियो । अब यात्रुहरुलाई बस्न कुनै समस्या नहुने गौतमले बताए ।

निर्माण सम्पन्न भएको टर्मिनल भवनको आज उदघाटन गरिदैछ । उदघाटन गर्नका लागि संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई जनकपुरधाम पुगिसकेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।