२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

तेस्रो लालबन्दी महोत्सव सम्पन्न

लालबन्दी, १७ चैत । “आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नारासहित आयोजित तेस्रो लालबन्दी महोत्सव सम्पन्न भएको छ । उद्योग वाणिज्य सङ्घ लालबन्दीले चैत ४ गतेदेखि लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित भूदेव खाद्य उद्योग परिसरमा महोत्सवको आयोजना गरेको थियो ।

स्थानीय उत्पादन तथा सेवाको बजारीकरण, आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धन, रोजगारीका अवसरहरुको सिर्जना, उद्यमशीलताको विकास तथा स्थानीय कला–संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघले बतायो ।

महोत्सवको सोमबार मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । सांगीतिक कार्यक्रम भने राति अबेरसम्म चलेको थियो । १५ गते समापन गरिने भनिएपनि महोत्सव एक दिन पछि समापन गरिएको हो ।

महोत्सव समापन समारोहमा महोत्सवलाई सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संघसंस्था, मेलास्थलमा आएर स्टल राख्ने उद्योगी, व्यवसायी, किसानलगायतलाई सम्मानसमेत गरिएको आयोजक उद्योग वाणिज्य संघ लालबन्दीका महेशकुमार महतोले जानकारी दिए । यसपालिको महोत्सवलाई सुरक्षाको दृष्टिकोणबाट मजबुत पारिएको थियो ।

लण्डनब्रिजसहितका मनोरञ्जनका साधनले यसपालिको महोत्सवमा रौनक थपेको थियो । मेलाको सहआयोजकको रुपमा औद्योगीक शान्ति नेपाल रहेको थियो ।

महोत्सवमा राष्ट्रिय स्तरका थुप्रै चर्चित कलाकारहरुले प्रस्तुति दिएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।