२०८३ भाद्र २६ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २६ शुक्रबार

राप्रपा बारा जिल्ला अध्यक्षमा विनोद कुमार भारती सर्वसम्मत चयन

कलैया, भदौ २५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाराको जिल्ला अधिवेशनबाट विनोद कुमार भारती जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

बुधबार कलैयास्थित एभरेष्ट होटलको सभा हलमा सम्पन्न अधिवेशनले निजगढ निवासी राप्रपाका केन्द्रीय सदस्य तथा युवक संगठनका पूर्व केन्द्रीय महासचिव भारतीलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

अधिवेशनमा राप्रपाका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र लिंदेन प्रमुख अतिथिका रूपमा सहभागी थिए। अधिवेशनको सभाध्यक्षता राप्रपा बाराका निवर्तमान जिल्ला अध्यक्ष गिरिधारी चौधरीले गरेका थिए।

कार्यक्रममा राप्रपा मधेश प्रदेशका अध्यक्ष तथा माननीय भरत गिरी, राप्रपा सहमहामन्त्री मोहन यादव, केन्द्रीय सदस्य वीरेन्द्रलाल कर्ण लगायतका नेताहरूको उपस्थिति रहेको थियो। अधिवेशनमा राप्रपा बाराका जिल्ला परिषद् सदस्यहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।

अधिवेशनले अध्यक्ष भारतीसहित २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ। समितिका सदस्यहरूमा महावीरप्रसाद यादव, बुद्धिप्रसाद पाण्डे, जागेश्वर गिरी, खड्गप्रसाद उप्रेती, होमबहादुर रखाल, लक्ष्मण राणाभाट, दिपा यादव, महन्तप्रसाद यादव, विश्वनाथ शाह कानु, मेघबहादुर कार्की, शम्भुप्रसाद चौधरी, शिवप्रसाद तिमल्सिना, रामानन्द चौधरी, सीतादेवी चौधरी, अन्जली कुमार शाह, मन्जुर मिया मनसुर, लक्ष्मीप्रसाद शाह लगायत रहेका छन्।

कार्यक्रममा स्वागत मन्तव्य राप्रपा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष जलिल देवानले दिएका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव लालबाबु शाहले गरेका थिए।

नवनिर्वाचित अध्यक्ष भारतीले पार्टीको नीति, विचार र सिद्धान्तलाई केन्द्रमा राख्दै संगठनलाई जिल्लाका गाउँ–टोलसम्म थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ नेतृत्वले राप्रपाको संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।