रौतहटको कटहरियामा इस्टीमेट अनुसार कालोपत्रे नभएको भन्दै रोक

257
Friendship Mobile

रौतहटको कटहरियामा बनाएको कालो पत्रे इस्टीमेट विपरित बनाइएको भन्दै स्थानियले काम रोकेका छन ।

विहिबार स्थानियले कटहरियाको वडा नम्बर ७ बगहीमा ठेकेदारले इस्टीमेट अनुसार कालोपत्रे नगरेको भन्दै सो काम रोकेका हुन । जलैया पुलदेखि बगहीसम्मको सडकखण्डमा अहिले कालो पत्रेको काम सञ्चालन भइरहेको छ ।

सो कालो पत्रेमा कमसल सामग्री प्रयोग भएको र नगरपालिकाका प्राविधिकले बनाइएको इस्टीमेट बमोजिम काम नगरेको स्थानियको आरोप रहेका छ । स्थानियले काम अवरोध गरेपछि ठेकेदार र स्थानियबिच छलफल भएको थियो ।

छलफलबाट कामदारहरुको गल्तिले इस्तीमेट अनुसार काम नभएको स्वीकार्दै अवस्थानियको माग बमोजिम कालोपत्रे गर्ने सहमति भएपछि पुन सो कालोपत्रे काम शुरु गरिएको सञ्चाचरकर्मी आरके श्रीवास्तवले बताउनु भयो ।