यी चर्चित क्रिकेटर जसले हिरोइनसँग अफेयर चलाए

187
Friendship Mobile

काठमाडौं : विश्वमा सर्वाधिक धेरै फेम र पैसा भएको इन्डस्ट्रीमा गनिन्छ फिल्म र स्पोर्टस। यि फरक दुई विधा कहिलेकाँही प्रेम प्रसङ्गका कारण एकैपटक चर्चामा आउँछन्।

यही मामिलामा कतिपय चर्चित क्रिकेटरहरु र बलिउड हिरोइनहरुले प्रेम मात्र होइन विवाह नै सम्भव बनाएका छन्। उनीहरु अहिले पनि हाँसीखुसी जीवन चलाइरहेका छन्। जहाँ कति जनाबीच अफेयरको खबर निकै चर्चित रहे तर विवाहमा परिणत हुन सकेनन्। यही प्रसंगमा केही चर्चित क्रिकेटरको लभ स्टोरी खोतल्ने प्रयास गरिएको छ।

महेन्द्र सिंह धोनी-लक्ष्मी राय

यो सूचीमा पहिलो नाम महेन्द्र सिंह धोनीको आउँछ। सर्वाधिक सफल क्रिकेटरको छवि बनाएका तथा आफ्नो समयमा कप्तान कुलको छवि बनाएका धोनी तमिल अभिनेत्री तथा मोडल लक्ष्मी रायसँग डेट गर्ने गरेका थिए। मिडिया रिपोर्टका अनुसार दुईबीच अफेयर थियो। तर उनीहरुको सम्बन्ध विवाहमा परिणत भएन। सन् २००९ मा उनीहरु रिलेशनमा रहेका थिए। उनीहरुबीच करिब पाँच वर्ष अफेयर चलेको लक्ष्मी आफैँले दाबि गरेकी छिन्।

रवि शास्त्री-अमृता सिंह

भारतीय टिमका प्रशिक्षक तथा पूर्व अलराउन्डर रवि शास्त्रीको नाम पनि नायिका अमृता सिंहग जोडिएको थियो। उनीहरुले क्यामेरासामु एकअर्काको सम्बन्ध स्विकारेका थिए। तर  यो सम्बन्ध पनि असफल रह्यो। १९९० मा रवि शास्त्रीले रितु सिंहसँग विवाह गरे। पछि अमृता सिंहले पनि सैफ अली खानसँग विवाह गरेकी थिइन्।

युवराज सिंह-किम शर्मा 

भारतीय क्रिकेट टिमका हेन्डसम खेलाडीका रुपमा युवराज सिंहले कुनै समयमा आफुलाई उभ्याएका थिए। मिडियाको दाबीलाई आधार मान्ने हो भने उनले ८ भन्दा बढी भारतीय नायिकासँग अफेयर चलाएका थिए। उनको फिमेल फ्यान फलोइङ लोभलाग्दो थियो। कुनै समय एक्ट्रेश किम शर्मासँगको रोमान्स पनि चर्चित रहे। उनी प्रायजसो कुनै न कुनै हिरोइन तथा मोडलसँग नाम जोडिएर मिडिया गसिपका पात्र बनिरहन्थे। तर पछि युवराजले हेजल किचसँग विवाह गरे । यो जोडी २०१६ मा विवाह बन्धनमा बाँधियो।

वासिम अक्रम-सुष्मिता सेन

पाकिस्तानी क्रिकेटर वासिम अक्रम र पुर्व विश्व सुन्दरी सुष्मिता सेनबीचको अफेयर पनि चर्चित रह्यो। उनीहरुको रिलेशनका समचार पनि धेरै आए तर यो सम्बन्ध पनि विवाहमा परिणत हुन सकेन।

रोहित शर्मा-सोफिया हयात

बोल्ड लुक्सका लागि चर्चित एक्ट्रेस सोफिया हयातले आफैंले रोहित शर्मासँगको अफेयर खुलाएकी थिइन्। सन् २०१२ मा उनीहरुले एक-अर्काको सम्बन्ध उजागर गरेका थिए। तर यो सम्बन्ध पनि लामो समय टिक्न सकेन।

शौरभ गांगुली-नगमा

सन् २००० को सुरुवातमा शौरभ गांगुली र मोडल तथा एक्ट्रेश नगमाबीच अफेयर चलेको थियो। साउथ एक्ट्रेश नगमा र गांगुलीबीचको प्रेम सम्बन्धलाई लिएर अनेक हल्ला चलाइए। कतिपयले जोडी मात्रै जान मिल्ने कोलकाताको एक मन्दिरमा दुई जना गएर पूजा गरेको हल्लासमेत चल्यो। नगमाले धेरै पटक सम्बन्धबारे स्वीकार गरेपनि गांगुलीले कहिले पनि सार्वजानिक रुपमा सम्बन्ध स्वीकारेनन्।