आइपीएल २०२० : ट्रान्सफर विन्डोमा पाँच खेलाडीलाई प्राथमिकता

212
Friendship Mobile

काठमाडौं : आइपीएल २०२० को मिड सिजन पूरा भएसँगै खेलाडीले क्लब बदल्न पाउने ट्रान्सफर विन्डो खुला गरिएको छ। मंगलबारदेखि पाँच दिनसम्मका लागि ट्रान्सफर विन्डो खुलाइएको हो। 

विन्डो खुलाइएको पहिलो दिन कुनै पनि टीमले खेलाडी ट्रान्सफरका लागि आग्रह गरेका छैनन्‌। नियमअनुसार फ्रेन्चाइज टीमले आफ्ना खेलाडीहरूलाई लोनमा अर्को फ्रेन्चाइजमा स्थानतरण गर्न पाउने छन्।

ट्रान्सफर हुन चाहने खेलाडीले अहिलेसम्म भएका सात खेलमा केवल दुई या सो भन्दा कम खेल खेलेका हुनुपर्नेछ। ट्रान्सफर विन्डोका समयमा यी खेलाडी अर्को क्लबमा जान सक्छन्‌। 

कुन टीमको नजर कुन खेलाडीमा ?

क्रिस लिन (मुम्बई बाट राजस्थान) : रेहित र डिककका कारण लिनले मुम्बईमा मौका पाइरहेका छैनन्। तर राजस्थान बटलरको जोडीका रुपमा उनलाई टीममा ल्याउन चाहन्छ।

​इमरान ताहिर (चेन्नइ बाट कोलकाता) : सुनिल नरेनको एक्शन शंकास्पद भएसँगै कोलकाता एक अनुभवी स्पीनरको खोजीमा छ। कारणबस : नरेन खेल्न नपाएमा त्यसको परिपूर्ती ताहिरले गर्नेमा कोलकाता विश्वस्त छ।

मोइन अली (बैंगलोरबाट चेन्नई) : चेन्नईको मध्यक्रममा विस्फोटक ब्याट्सम्यानको कमी छ। टीम मोइन अलीमार्फत उक्त अभाव पुरा गर्न चाहन्छ। जसले ठूला सटहरू खेल्न सक्छन्।