समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना

244
Friendship Mobile

इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ ।

विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो । पछिल्लो समय विश्वका चर्चित चर्चित पत्रिका तथा समाचार एजेन्सीहरुले आफ्ना सामाग्रीहरु

गुगलले प्रयोग गर्ने गरेको भन्दै गुगलसँग उचित भुक्तानीको माग गर्दै आएका थिए । गुगलसँग त्यस्तो संघर्ष गर्नेमा युरोपेली मिडियाअरु अग्रपंक्तिमा थिए ।

गुगलका सिइओ सुन्दर पिचाईले गुगलको उक्त योजना बमोजिम नयाँ प्रडक्ट सार्वजनिक हुँदैछ । गुगल न्यूज शोकेस नामक उक्त सेवा सुरुमा जर्मनीमा लञ्च गरिनेछ । उक्त प्लाटफर्ममा जर्मनीका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु एकै ठाउँ पढ्न सकिनेछ । यसका लागि गुगलले जर्मन पत्रिकाहरु देर स्पाइगेल, स्टेर्न तथा दी चाइतसँग सम्झौता गरिसकेको छ । त्यस्तै ब्राजिलमा पनि फोल्हा दी सेन्ट पाउलो, ब्याण्ड तथा इन्फोबेसँग सम्झौता गरेको छ ।