फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना लक्षण वा पोजिटिभ देखिएमा मात्र आइसोलेसनमा बस्न निर्देशन

207
Friendship Mobile

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोभिड-१९ को उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना लक्षण वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न निर्देशन दिएको छ।

मन्त्रालयको असोज २९ गतेको सचिवस्तरीय बैठकले कोभिड-१९ का बिरामीहरुका उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको व्यवस्थापनसम्बन्धि मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै यस्तो निर्णय गरेको हो।

मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन ईकाईले सत्रै कोभिड९१ अस्पतालहरुलाई पत्राचार गर्दै कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिडकोलक्षण देखिए वा पोजिटिभ आएमा मात्र क्वारेन्टाइन वा आइसोलेसन राख्ने/ बस्ने व्यवस्था गर्नुपर्ने जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज २० गतेसम्म देशभर ३ हजार ९५४ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ। दुई जना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ।