हरिवनमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

219
Friendship Mobile

कातिक २,सर्लाही । हरिवनमा शनिवार प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
न्यू हरिवन तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न प्रतियोगितामा ४७ मेडलसहित हरिवन तेक्वान्दो डोजाङ पहिलो, २० मेडल सहित नवलपुर तेक्वान्दो डोजाङ दोस्रो र ११ मेडलसहित हरिपुर तेक्वान्दो डोजाङ तेस्रो भएका छन् ।
हरिवन–११ स्थित सूर्ति विकास खेल मैदानमा आयोजित प्रतियोगितामा हरिवन तेक्वान्दो डोजाङका ए र बी गरी दुई वटा डोजाङ तथा नवलपुर, बरहथवा र हरिपुर डोजाङबाट १०५ जना खेलाडी सहभागी भएका नेपाल तेक्वान्दो संघ सर्लाहीका कोषाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।


प्रतियोगिताको शनिवार बिहान नेपाल तेक्वान्दो संघका जिल्ला अध्यक्ष खड्गबहादुर सापकोटाको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यता र संघका प्रदेश संयोजक गुरुप्रसाद गौतमको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको थियो ।

उज्यालो अभियान बाट