अर्मेनिया र अजरबैजानबिच युद्धविराम सम्बन्धी नयाँ सम्झौता

210
Friendship Mobile

कातिक २ । अर्मेनिया र अजरबैजानबिच विवादास्पद सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको प्रयास स्वरुप पुनः सम्झौता भएको छ।

यसअघि भएको अस्थायी शान्ति दुवै तर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका लागि दुई देशबिच नयाँ सहमति बनेको हो । सो सहमति स्थानीय समय अनुसार आइतबार मध्यरातदेखि लागु हुनेछ।

गएको हप्ता भएको अस्थायी शान्ति सम्झौता उल्लंघन भए पनि सोही सम्झौतामा उल्लेख कुरा अनुसार नै नयाँ सहमति भएको हो।

गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः ब्यूँतिएको थियो।

पूर्व सोभियत युनियनका दुई देशबिच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ। सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ।

तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ। सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो।

गएको सेप्टेम्बर २७ देखि भएको हिंसामा ३०० जना भन्दा बढीको ज्यान गएको छ भने हजारौँ मानिस विस्थापित भएका छन्।

कोकसेस माउन्टेन क्षेत्रका विगत तीन दशकदेखि बेलाबेलामा भिडन्त हुने गरेको थियो। तर अहिलेको भिडन्तले सघन रुप लिएको हो। गएको जुलाईमा सीमा क्षेत्रमा भएको भिडन्तमा कम्तीमा १६ जनाको ज्यान गएको थियो।

त्यसपछि अजरबैजानको राजधानी बाकुमा वर्षौँ यताकै ठूलो प्रदर्शन भएको थियो। प्रदर्शनकारीले नागोर्नो–काराबाख क्षेत्र आफ्नो नियन्त्रणमा लिन माग गरेका थिए।

क्यास्पियन सागरबाट तेल विश्व बजारमा ल्याउने महत्वपूर्ण करिडोर रहेको सीमा क्षेत्रमा भिडन्त भएको हो। देशसन्चार बाट