निजगढमा महिला हिंसा तथा जेष्ठ नागरिक अपमान न्यूनिकरण सम्बन्धि कार्यशाला गोष्ठि सम्पन्न


बाराको निजगढमा महिला हिंसा तथा जेष्ठ नागरिक अपमान न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
निजगढ नगरपालिका कार्यालयको आयोजनामा संघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरधाम र ईलाका प्रहरी कार्यालय निजगढको सहयोगमा गोष्ठि सम्पन्न भएको हो । निजगढ नगरपालिकाको सभाहलमा आयोजित गोष्ठिमा स्थानीय तहका जनप्रतिनिधि र महिलाको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिका साथै अगुवा महिला नेतृहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागिलाई संघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरधामका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किशोर कुमार दाहालले सहभागिलाई प्रशिक्षण दिएका थिए ।
निजगढ नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिको संयोजक लिलादेवी खनाल सभाअध्यक्षमा भएको उद्घाटन कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल, एसएसपी दाहालको विशेष आतिथ्यता रहेको थियो भने सञ्चालन कार्यपालिका सदस्य सरिता राई र स्वागत जगतकुमारी अधिकारीले गरेकी थिईन् ।
कार्यक्रममा निजगढ नगरपालिकाकोतर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी किशोर कुमार दाहाललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो भने सहभागिलाई खादासहित स्वागत गरिएको थियो ।गोष्ठिलाई जुम एप्समार्फत प्रशारण गरिएको थियो ।
प्राविधिक सहयोग सक्षम यादबले गरेका थिए ।