बारामा टाटा सुमो अनियन्त्रित भई दुर्घटना

580
Friendship Mobile

बारामा टाटा सुमो अनियन्त्रित भई दुर्घटना भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं. १२ सितलपुरमा टाटा सुमो ओभर स्पिडका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

मानवत मतिअर्वा सडक खण्ड अन्तर्गत कलैयाबाट मतिअर्वा जादै गरेको प्रदेश २-०३-००१च ८५८ नम्बर को गाडी तीब्रगतिमा गुडिरहेकोले आफै अनियन्त्रित भई ४ जना घाइते भएका छन् । घाइतेहुनेहरुमा एक जना गाडीको चालक सहित तीन जना सवार रहेका थिए ।

गाडी चालक बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ बस्ने ३५ वर्षका अब्दुल कादिर रहेका छन् । त्यस्तै अन्य सवार जितपुर सिमरा उपमहानगरपालिका वडा न १९ का एक जना, जितपुर वडा नं. १४ का एक जना र भारत पुर्वी चम्पारणका एक जना रहेका छन् ।

सवार तीन जना को उपचार जिल्ला अस्पताल कलैयामा भरहेको छ ।भने गाडी चालक लाई अहिले प्रहरी चौकी मतिअर्वाले नियन्त्रणमा लिएको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।