१५ किलो गाँजा र तरबारसहित दुई युवक पक्राउ

623
Friendship Mobile

सर्लाही : लालबन्दी नगरपालिका–१, नवलपुर बागवानी जंगलबाट वुधवार बिहान लागूऔषध गाँजा र धारिलो हतियारसहित दुई युवक पक्राउ परेका छन् ।

बिहान ४ः३० बजेतिर हरिवन नगरपालिका–२, डाबरीका २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतो गाँजा र हतियारसहित पक्राउ परेका हुन् ।

प्रदेश २–०–३००१ प ८०६३ नम्वरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी हवल्दार सुधिर कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले १५ किलो गाँजा र २ फिट फलामको धारिलो हतियार तरबारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।