प्रदेश २ का भुमि ब्यबस्था तथा कृषि राज्यमन्त्री यादवले बाँडे स्थानियलाई बाल्टिन र साबुन

454
Friendship Mobile

रौतहटको माधवनारायण नगरपालिकामा एक कार्यक्रमका बिच स्थानियलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । माधवनारायण नगरपालिकाको वडा नम्बर ९ गढोरघुनाथपुरमा सो सामग्री बितरण गरिएको स्थानिय सुनिल कुमार यादवले जानकारि दिए ।

प्रदेश २ का भुमि ब्यबस्था तथा कृषि राज्यमन्त्रि योगेन्द्र राय यादवको प्रमुख आतिथ्य तथा पहली कदमीबाट सो स्थानमा आरडिसी नेपालको आर्थिक सहयोगमा ३८ थान पानी खाने प्लाष्टिकका बाल्टिन र हात धुने सावुन स्थानियलाई बितरण गरिएको जनाइएको हो ।

माधवनारायण नगरपालिकाका नागरिकमा कोरोना संकटको समयमा हात धुनको लागी आवश्यक सावुन तथा बाल्टिनको अभाव भएको र उपलब्ध गराउन माग भएकाले आफुले सो क्षेत्रका नागरिकलाई बाल्टिन र सावुन उपलब्ध गराएको मन्त्री यादवले बताउनुभयो ।

हिन्दुहरुको महान पर्वहरु विजया दशमी शुभ दिपावली तथा छठ पर्वको आगमनसंगै कोरोनाले आक्रान्त बन्न सक्ने भन्दै भिडभाड तथा सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्नु पर्नेमा समेत मन्त्री यादवले जोड दिनुभयो ।