आफ्नो क्लवले जितेको पुरस्कार रकमबाट १५ ओटा डस्टबिन किने युवाहरुले


सर्लाहीको परवानीपुरमा बिहिवार बिहान शिव मन्दिर सरसफाई गरिएको छ । लालबन्दी नगरपालीका १६ मा पर्ने शिव मन्दिरको स्थानिय युवाहरुको समुहले सफाई गरेको हो ।
परवानीपुरका फुटवल खेलाडिहरु सम्मिलीत योङस्टार युथ क्लव नामक समुहले वडाध्यक्ष गणेश थापा समेतको सहभागीतामा सफाई गरेको हो ।

साथै उक्त क्लवले केहि समय अघि मिरमिरे युवा क्लवले आयोजना गरेको फुटवल प्रतियोगीतामा प्रथम स्थान हासिल गरे वापत पाएको रकमबाट डस्टबिन गरिद गरि परवानीपुरको फोहोर संकलन हुने स्थानमा राखेको छ ।
प्रथम पुरस्कार स्वरुप पाएको १५ हजार पुरस्कार बापतको रकमबाट समुहले १५ ओटा डस्टबिन गरिद गरि शिव मन्दिर सहित बिभिन्न स्थानमा राखेको छ । क्लवका संयोजक सुवर्ण थापाको अगुवाईमा कार्यक्रम गरिएको सहभागीहरुले जानकारि दिएका छन ।

युवाहरुको समुहले सार्वजनिक स्थलको सफाई गर्दै सामाजिक काममा अग्रसर हुन थाले पछि परवानीपुरवासि खुसि भएका छन ।