स्वास्थ्य चौकीको निरीक्षण, कार्यालय नआएका कर्मचारीको हाजिरी काटिदिए मेयरले

250
Friendship Mobile

बारा : लैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले कलैया उपमहानगरपालिका अन्तर्गत संचालित स्वास्थ्य चौकीको अनुगमन तथा निरीक्षण गरेका छन् ।

उपमहानगरपालिका भित्र सञ्चालित स्वास्थ्य चौकीहरुलाई थप ब्यवस्थित गर्न ,र चौकीमा भईरहेको काम तथा विभिन्न सहज असहजता बारे चेकजाच गर्ने उद्देश्यले उपमहानगरका नगर प्रमुख यादवको नेतृत्वमा गएको टोलिले छड्के अनुगमन गरेको हो ।

कोरोना भाइरस कोभिड -१९ का कारण चैत देखि नै लगाइएको लकडाउन तथा निषेधाज्ञा हाल आएर करिब ७ महिनापछि सामान्य अवस्थामा फर्किदै गर्दा स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवा सुविधाहरुको बारेमा जानकारी लिने उदेश्यले आज कलैया उपमहानगरपालिका वडा नं. १३ बलिरामपुरमा रहेको स्वास्थ्य चौकिको छड्के अनुगमन गरिएको नगर प्रमुख यादवले बताएका छन ।

अनुगमनको क्रममा स्वास्थ्य चौकीमा ५ जना कर्मचारी उपस्थित नरहेकोले मेयर यादवले लगत्तै ती कर्मचारीहरुको हाजिर कट्टा गरेका छन् । स्वास्थ्य संयोजकलाई स्पस्टिकरण पत्र काटन समेत निर्देशन दिएका छन् । अनुगमन पश्चात् मेयर यादवले अरु पनि स्वास्थ्य चौकीहरु को छड्के अनुगमन गर्ने बताएका छन।

सो अनुगमन टोलिमा कलैया उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष राजन पटेल , स्वास्थ्य कर्मीहरु सहित को उपस्थिति रहेको थियो ।