सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाही गरिने

242
Friendship Mobile

काठमाण्डाै उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाही गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने जनाएको हो । 

सार्वजनिक गाडीले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न भाडादर टाँस्नुपरेको महाशाखाले जनाएको छ ।

यस्तै यात्रुलाई आफनो गन्तव्य सम्मको भाडादर सजिलै थाहा पाइ ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको सूची सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताउनुभयो ।