महिला सञ्जालले सांसद अनिल झालाई रौतहटको क्षेत्र नं. १ मा सार्बजनिक कार्यक्रम गर्न रोक्ने

713
Friendship Mobile

नेपाल पिछडावर्ग महासंघ (ओबीसी) जिल्ला कार्य समिति रौतहट र अन्तर पार्टी महिला संजाल रौतहटले संयुक्त रुपमा सांसद अनिल झाको अभिब्यक्ति प्रति रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको ध्यानकर्षण गराएका छन । उनिहरुले प्रजिअ यादवलाई ज्ञापन पत्र बुझाएका छन ।

साथै उनिहरुले रौतहट निर्वाचन क्षेत्र नम्बर १ का सांसद अनिल झालाइ निर्वाचन क्षेत्र भित्रमा कुनै कार्यक्रम गर्न नदिने घोषणा पनी गरेका छन । आइतवार महासंघका जिल्ला अध्यक्ष गीता कुशवाह र संजालको जिल्ला अध्यक्ष भुवनी श्रेष्ठले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै महिला दीदी बहिनीहरुको मान प्रतिष्ठामा आघात पर्ने, चरित्र हत्या गर्ने सांसद झाको अभिव्यक्तिको घोर निन्दा गर्दै सांसद पदबाट राजीनामा दिन माग गरेका छन ।

विज्ञप्तिमा सार्वजानिक रुपमा मञ्च प्रयोग गरी महिलाहरुको इज्जतलाई खुल्ला मञ्चबाट घृणित अपशव्द प्रयोग गरी दिएको अभिव्यक्तिलाइ घोर भत्सर्ना गरिएको उल्लेख छ । नियम कानून बनाउने सांसदले आफ्नो पदिय मर्यादा र दायरा क्षेत्र भन्दा बाहिर गएर अभिब्यक्ति दिनु गलत सोँचको उपज भएको भन्दै सांसद झाको राजिनामा नआएसम्म कडा संघर्ष गर्ने संगठनले घोषणा गरेको छ ।

ओबीसी र अन्तर पार्टी महिला संजाल तथा दुर्गा भगवती गाउँपालिकाकाअध्यक्ष साहद्वारा जारी प्रेस बिज्ञप्ति

त्यस्तै गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश समन्वय समिति प्रदेश २ जनकपुरधामका सचिव एवं रौतहटका दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले स्थानीय तहमा आउने बजेटलाइ लक्षित गरी “स्थानीय तहमा आउने बजेट मेयरको बाउको नरहेको’’ जस्ता वाक्यांश प्रयोग गरी सांसद झाले दिएको वक्तव्यक्ति आफैमा हास्यास्पद हुँदा हुँदै जिम्मेवार पदमारहेका जनप्रतिनिधिको मुखबाट यस्ता शव्द प्रयोग हुनु अत्यन्त गैर जिम्मेवार र निस्कृस्त रहेको भन्दै विज्ञपति मार्फत भत्र्सना गर्नुभएको छ ।

त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटका सभापति एवं पूर्व सांसद कृष्ण प्रसाद यादवले पनी प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचित स्थानीय तहका जनप्रतिनिधि तथा बैदेशिक रोजगारमा गएकहरुको श्रीमतीलाइ लक्षित गर्दै गरेको अभद्र टिप्प्पणीको निन्दा गरेका छन ।

नेपाली कांग्रेस रौतहटले जारि गरेको प्रेस बिज्ञप्ति

सांसद झाले दशैँ, दीपावली तथा छठ पर्वको अवसरमा कार्तिक ११ गते रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ३ राजपुर तुलसीमा जनता समाजवादी पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तहमा आउने बजेट मेयरको बाउ को नभएको र श्रीमानले बिदेशमा दुःख गरि कमाएको सम्पतीमा श्रीमतीहरुले मोज गर्ने गरेको बताएका थिए ।