कांग्रेस सांसद एवम् उद्योगी सूर्यबहादुर केसीको निधन


प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । ६३ वर्षीय केसीको सोमबार राति निधन भएको हो ।
सुगर र प्रेसरको समस्या रहेका उनको पोखरास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
केसीले लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका थिए । उनले निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका थिए । उनी पोखराका पूर्व प्रधानपञ्च पनि हुन् । पहिलो संविधान सभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए ।
यस्तै उनी नेपालकै प्रतिष्ठित उद्योगीका रुपमासमेत चिनिएका छन् । केसी नेपाली चाउचाउ उद्योगका पायोनियर हुन् । केसीकै अगुवाइमा नेपालमै मात्र नभएर दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन सुरु भएको थियो ।
केसीले निर्माण व्यवसायीका रुपमा व्यावसायिक जीवन सुरुवात गरेका थिए ।