२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

नदिजन्य पदार्थ निकासि खुल्ला गर्नुपर्ने माग राख्दै गुजरा नगरपालिकालाई ज्ञापनपत्र, कांग्रेस नगर सभापती भन्छन माग पुरा नभए आन्दोलन हुन्छ

रौतहटको गुजरा नगरपालिकाका किसान र टयाक्टर धनीहरुले नदिजन्य पदार्थ निकासि खुल्ला गर्नुपर्ने माग राख्दै गुजरा नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन ।

नेपाली कांग्रेस गुजरा नगर कमिटिका सभापती कुमार प्रसाद चौलागाईको नेतृत्वमा मंगलवार गएका किसान र टयाक्टर धनीहरुले नदिजन्य पदार्थ खुल्ला गर्नुपर्ने लगाएत तिन सुत्रिय माग राख्दै गुजरा नगर कार्य पालिकाको कार्यालय सिमराभवानीपुरमा ज्ञापन पत्र बुझाएका हुन । नगर कमिटि अध्यक्ष चौलागाइको नेतृत्वमा गएका किसान र टयाक्टर धनीहरुले लालबकैया नदीबाट बालुवा, गिटि र ढुंगा निकाल्न नदि खुल्ला गर्नुपर्ने, खोला किनारका तिन र चार नम्बर वडाका घर बनाउन कर छुट गर्नुपर्ने र लालबकैया नदिमा जेसीवी तथा स्काभेटर प्रयोग गर्न रोक लगाउनुपर्ने माग राख्दै नगरपालिकाका अधिकृत जामुन प्रसाद चौधरीलाइ ज्ञापन पत्र बुझाएका हुन ।

किसानलाइ घर बनाउन बालुवा, ढुंगा र गिटिको आवश्यकता भएको अवस्थामा पनि नगरपालिकाले अहिलेसम्म नदि खुल्लाजन्य पदार्थ निकासि गर्न रोक लगाएर राख्नु गलत भएको विज्ञप्तीमा उल्लेख छ । कांग्रेस गुजरा नगरपालिकाका नगर कमिटि अध्यक्ष कुमार चौलागाइले जनताबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको सेवा गर्नुपर्नेमा मेयर सन्तलाल चौधरीले उल्टै नदीजन्य पदार्थ निकासीमा रोक लगाएर जनतालाइ दुख दिने काम गरेको बताएका छन ।

उनले आउँदो आइतवारसम्म आफुहरुको माग पुरा नगरे सोमबार नगरपालिका कार्यालयमा ताला लगाउने र चरणवद्ध आन्दोलन गर्ने समेत चेतावनी दिएका छन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।