सिन्धुलीमा बिहिवार अर्का एक ब्यक्तिको कोरोना संक्रमणबाट मृत्यु, सव ब्यबस्थापनमा स्थानियको अवरोध

259
Friendship Mobile
  • मेनुका आरण, सिन्धुली ।

कोरोना भाइरसको संक्रमणबाट सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । सिन्धुली अस्पतालले बिहिवार विज्ञप्ति जारि गरि एक जना संत्रमित पुरुषको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा कमलामाई नगरपालिका वडा नम्बर ५ का ४८ बर्षका पुरुष रहेका छन ।

मृत्यु हुने व्यक्तिलाई गएको असोज १५ गते बेहोस भएपछि धुलिखेल अस्पताल पु¥याएर सोहि दिन टिचिङ हस्पिटल सिनामंगलमा भर्ना गरिएको थियो । अस्पतालले बिभिन्न स्वास्थ्य समस्या देखाएर शुल्क बढि लाग्ने बताएपछि उनलाई खर्च अभावमा असोज १९ गते राति काठमाण्डौंबाट सिन्धुली अस्पतालमा ल्याइएको थियो । उनको टिचिङ हस्पिटलमा कोरोना परिक्षण गर्दा पिसिआर पोजेटिभ आएको थियो ।

उनको उपचारको क्रममा असोज २० गते विहिवार विहान ३ः१५ बजे मृत्यु भएको सिन्धुली अस्पतालको कोरोना फोकल पर्सन डा.प्रसन्न राज भण्डारीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ । उनको सव व्यवस्थापनमा स्थानियले अवरोध गरेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव बिहिबार ब्यबस्थापन गर्न लागीएको ठाउँमै पुगेर बुका र गडौलीका स्थानीयले अबरोध गरेका हुन । संकट व्यवस्थापन केन्द्र सिन्धुलीले यसअघि कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएकाहरुको कमलामाई नगरपालिका–९ भिमानस्थित चुरे जंगलमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता श्याम खत्रीका अनुसार, बिहीबार विहान मृत्यु भएका पुरुषको सव भने कनपा ५ को ढाक्रेबास जङ्गलमा व्यवस्थापन गरिएको छ ।

जिल्लामा यस अघि पनी कोरोना संक्रमणबाट एक ८४ बर्षिय बृद्धाको मृत्यु भइसकेको छ । बृद्धाको सब कमलामाई नगरपालिका ७ मा ब्यबस्थापन गरिएको थियो । त्यहाँ पनि स्थानियले अवरोधको प्रयास गरेका थिए ।